
दार्चुला । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावले दुई दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको बताउनुभयो। यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उहाँको भनाइ छ ।
तराई मधेशका जिल्ला र कोशी प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । तर भोलि फाट्टफुट्ट वर्षाको सम्भावना छ ।
आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । पर्सि भने सामान्यतया मौसम सफा रहने बताइएको छ ।