दार्चुला । दशैं तिहार नजिकिएसँगै आन्तरिक उडानको भाडा दर एक्कासी बढेको छ। काठमाडौँबाट दिल्लीभन्दा धनगढीको हवाई भाडा महँगो पर्ने भएको छ।
अहिले काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाई सेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ ।

काठमाडौँ-दिल्लीको भाडाभन्दा काठमाडौँ-धनगढी हवाई भाडा ५ हजार रुपैयाँ बढी पर्ने भएको हो।

सोमबारका लागि भुटान एयरलाइन्सले काठमाडौँबाट दिल्ली जाने भाडा १३ हजार २२३ रुपैयाँ राख्दा सोही रुटमा इन्डिगोको भाडादर भने १४ हजार ७३४ रुपैयाँ छ।

बुद्ध एयरले काठमाडौँ-धनगढीको भाडा १७ हजार १८६ रुपैयाँ तोकेको छ।

काठमाडौँ-दिल्लीको हवाई दूरी झन्डै ८०० किलोमिटर छ भने काठमाडौँबाट धनगढी ४८३ किमि छ।

काठमाडौँबाट धनगढी श्री एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन्।

बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ प्रमुख रुपेश जोशीले सरकारले १३ प्रतिशत भ्याट लगाएकाले भाडा वृद्धि हुनु स्वाभाविक भएको दाबी गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले दिल्लीको तुलनामा धनगढीमा साना जहाज उड्ने भएकाले भाडा महँगो परेको बताउनुभयो ।

‘ठूला जहाजमा धेरै यात्रु अट्छन्। त्यसैले भाडा केही कम भएको हुन सक्छ’, भुलले भन्नुभयो, ‘काठमाडौँ–धनगढी नेपालको सबैभन्दा लामो दूरीको उडान हो। त्यसैले भाडा बढी छ।’

अघिल्लो वर्षको तुलनामा भाडा बढी हुनु भ्याट थप मुख्य कारण भएको उहाँको भनाइ छ।

यात्रु काठमाडौँबाट धनगढी जाने मात्रै हुने र धनगढीबाट काठमाडौँ आउने नहुँदा अधिकतम भाडा लिइएको उहाँले बताउनुभयो।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?