इजरायलबाट थप १९ जनाको उद्धार गरि नेपाल ल्याइदै

दार्चुला । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो ।

१९ जना नेपाली नागरिक स्थानीय समय अनुसार तेल अविवबाट स्पाइस जेटमार्फत् आउने मन्त्रालयले जनाएको छ।

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिनुभयो । उनीहरू मङ्गलवार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने बताइएको छ ।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरू

नन्दसिंह भुल

सुजेन्द्र खड्का

प्रतिभा रौनियार

अनुमा डंगोल

हिना खाँण

आतिस गुरुङ

जुनु गुरुङ

मौसमी पाख्रिन

प्रतिमा तिम्सिना

राजकुमार मानन्धर

संगीता दुलाल

उर्मिला रावल

ममता थापा

दिलकुमारी अधिकारी कार्की

निश्चल श्रेष्ठ

समिता बस्नेत

अम्बिका सुवेदी

सिरता गुरुङ

उर्मिला श्रेष्ठ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?