दार्चुला । आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।
मनसुन बाहिरिए पनि पश्चिमी वायु सक्रिय हुँदा हिजो र अस्ति पश्चिमी क्षेत्रका धेरै ठाउँमा असिनासहित वर्षा भएको थियो । अन्य पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का मात्रै पानी परेको थियो । असिना पानीका कारण पश्चिमी क्षेत्रमा पाकेको धान तथा तरकारीवालीमा नोक्सानी भएको थियो ।
हिजो अस्तिको वर्षाले चिसो बढाएको छ । देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।