
दार्चुला । दार्चुलामा डेढ किलो चरेसहित दुई जना पक्राउ परेका छन्। एक किलो ६ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय रामबहादुर बोहरा र सोही स्थानका ३६ वर्षीय उज्जल बोहरा पक्राउ परेका हुन ।
आज (बुधबार) बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।