दार्चुलामा डेढ किलो चरेससहित दुई जना पक्राउ

दार्चुला । दार्चुलामा डेढ किलो चरेसहित दुई जना पक्राउ परेका छन्। एक किलो ६ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय रामबहादुर बोहरा र सोही स्थानका ३६ वर्षीय उज्जल बोहरा पक्राउ परेका हुन ।

आज (बुधबार) बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?