दार्चुला । दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। नौगाड गाउँपालिका–१ बगडकी ४८ वर्षीया धानादेवी ठगुन्ना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला परेको हो। असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया