कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पायो विश्वासको मत

दार्चुला । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । विराटनगरस्थित प्रदेश सभामा बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको पक्षमा ८६ मत हासिल गरेका छन्। ९१ जना प्रदेश सभाको उपस्थितिमा भएको मतदानमा उनको विपक्षमा ५ जना रहेका थिए।

यससँगै कार्की प्रदेशको दोस्रो संस्करणको सरकारमा पाचौं मुख्यमन्त्री भएका छन्। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम ४७ जना प्रदेश सभासदस्यको साथमा असोज २६ मुख्यमन्त्रीको दाबी गरेका थिए। ८ जना काँग्रेस प्रदेश सभासदस्य र ३९ जना नेकपा एमालेको समर्थनमा दाबी गरेका कार्कीलाई २७ गते प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। कार्कीलाई असोज २८ गते घटस्थापनाको दिनमा प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?