भारतमा एक नेपालीको गोली हानी हत्या

दार्चुला । भारतमा एक नेपाली युवकको गोली हानि हत्या गरिएको छ । रौतहट जिल्लाका एक जना युवकमाथि भारत विहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको हो।

भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढ्वामा मंगलबार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरी हत्या गरेको बताइएको छ ।

उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ समेत लुटेरासमूहले लुटेर फरार भएका छन्। लुटेरा समूहले प्रयोग गरेको विआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप भारतीय प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै मृतकको शव मंगलबार साँझ परिवारलाई जिम्मा लगाइसकेको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?