आज बडादशैंको छैठौं दिन कात्यायनीदेवीको पूजा आराधना गरिँदै

दार्चुला । आज शुक्रबार बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बडादशैं शुरु भएको पहिलो दिन अर्थात घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने भनिन्छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?