दार्चुला । दाङ देउखुरीमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरीको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बरको स्कारपियोले रा ६ प ५७३८ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई ठक्कर दिँदा घाइते भएका थिए ।

बिहीबार राति भएको सो दुर्घटनामा परी गम्भिर घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सिसहनियाँले जनाएको छ ।

ठक्कर दिने स्कारपियो र चालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?