दार्चुला । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज सुनको भाउ एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?