दार्चुला । दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिक स्थलहरुमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोली लगायत दर्जनौँ प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शक्तिपीठहरुमा नवरात्रा सुरु भएदेखि नै सयौँ भक्तजनको भिड बढेको स्थानीयले बताएका छन् ।

दशैँको समयमा दार्चुलाका अधिकासं देवीदेवताका मन्दिरमा विशेष पूजापाठसँगै पशु बलि दिने गरिन्छ । शुद्ध मनले देवीदेवताको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेकाले मनोकामना पूरा भएकाहरूले दसैँमा भाकल अनुसार बलि पनि दिने गरेका छन् । दार्चुलासंगै सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजनहरु मन्दिरहरुमा आउने गरेका छन् । विभिन्न कारण गाउँबाट बाहिरिएकाहरू धमाधम घर फर्कन थालेपछि यहाँका गाउँघरमा रौनकता छाएको छ भने शक्तिपीठमा भक्तजनको घुइचो लागेको छ । घटस्थापनादेखि सुरु भएको पुजापाठ दशैँको दिनसम्म जारी रहने जयपुर मन्दिरका भण्डारी मनिदत्त बिष्टले बताउनुभयो ।

बसाइँसराइँ गरेर तराइ गएका भक्तजनसमेत दशैँको समयमा पुख्र्यौली गाउँका मन्दिरमा पुग्ने गरेका छन् । शक्तिपीठमा पुजाआजासंगै दामाहा लगायत बञ्चेबाजा बजाउने, बलि गर्ने, विभिन्न खेलहरु खेल्ने लगायत गतिविधिहरु निरन्तर भइरहेका छन् । सहर बजारबाट मानिसहरु गाउँ फर्किएसंगै बजारी क्षेत्रमा भने चहलपहल बढ्दै गएको छ ।

घटस्थापनाको दिन सामुहिक जमरा राखिएको छ । नवरात्रा समेत जारी रहेकोले धार्मिक शक्तिपीठहरु तथा नवदुर्गाका मन्दिरहरुमा भक्तजनहरुको भीड लागिरहेको छ । नौँ दिनमा नवदुर्गाको बिभिन्न रुप अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । नवरात्राको छैटौँ दिन आज कत्यायनी देबीको पुजा आराधाना गरिएको छ ।

परदेशीएकाहरु गाउँघरमा पुगेसंगै छुट्टै रौनकता छाएको छ । यो पर्वले भेटघाट र सामाजिक सहिष्णुताको अभिबृद्धिमा समेत ठूलो योगदान पुर्याएको स्थानीयहरु बताउछन् । अधिकासं पुरुषहरु गहुँ छर्ने र महिलाहरु खर काट्ने चटारोका बिच पनि दशैँ मनाइरहेका छन् । दशैँ भएका घरमा खुसियाली छाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?