आज बडादसैँको आठौं दिन, दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै

दार्चुला । नवरात्रीको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदैछ ।

आश्विन शुक्ल अष्टमीको दिन मनाइने महाअष्टमीमा नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गर्दछन् ।

महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ ।

दुर्गा भवानीको पूजाका लागि नवरात्रीको अष्टमीले विशेष महत्व राख्दछ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ ।

शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा मध्यराती दशैंघर तथा शक्तिपीठमा कालरात्रि गर्ने गरिन्छ । यस दिन शक्तिपीठहरुमा पशुबलि दिनेहरुको भीड लाग्दछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?