इजरायलमा ज्यान गुमाएका दार्चुलाका धामी र बिष्टसहित तीन जना विद्यार्थीको शव काठमाडौं आइपुग्यो

दार्चुला । इजरायलमा ज्यान गुमाएका दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव काठमाडौं आइपुगेको छ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको हो ।

गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिनुभयो ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?