दार्चुलाको मार्मामा भिरबाट खसेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलाको मार्मामा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती पन्तबगर बस्ने सशस्त्र प्रहरी बल नेपाल दार्चुला ४० नम्बर गणमा कार्यरत बल वहादुर बिष्टकी श्रीमती पार्वती बिष्टको खर काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो ।

स्थानीय समाजसेवी पुष्कर बिष्टका अनुसार आइतबार (आज) दिउँसो १२ बजेको समयमा मेलेगाड खोलामा खरकाटी रहेको अवस्थामा ३० वर्षीया पार्वती बिष्ट अचानक भिरबाट खुट्टा चिप्लिएर खस्नुभएको हो । बिष्ट भिरबाट ४५० मिटर तल खसेको बताइएको छ ।

मृतक बिष्टका तीन छोरी एक छोरा रहेको पारिवारिक स्रोतले जनाएको छ । दशैँमा घटेको अकल्पनीय घटनाले बिष्ट परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?