इजरायल घटनामा ज्यान गुमाएका बिष्ट र धामीको आज अन्तेष्टी गरिदै

दार्चुला । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परि ज्यान गुमाएका दार्चुलाका लोकेन्द्र धामी र दिपेश बिष्टसहित सुदूरपश्चिम प्रदेशका चार जना युवाको शव धनगढी विमानस्थलमा हिजो आइतवार मृतकका परिवारलाई बुझाइएपछि आज अन्तेष्टी गरिदैछ ।

कैलालीको जोशीपुर गाउँपालिका आशिष चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथका लोकेन्द्रसिंह धामी र दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ टकना घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज विष्टको शव परिवालाई बुझाइएको हो । मृतक चार युवा विद्यार्थीको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका परिवार धनगढी विमानस्थलमा पुगेका थिए । दार्चुलाका दिपेशको आज कञ्चनपुरमै अन्तेष्टी गरिने मृतक बिष्टका दाइ प्रकाश बिष्टले जानकारी दिनुभयो । धामीको सब ल्याउन पालिकाले शवबाहनको ब्यबस्था गरी शुक्रबार नै धनगढी पठाएको थियो । शव दार्चुला पुर्याएर शवयात्रा सुरू भइसकेको छ ।

स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार ुलर्न एन्ड अर्नु कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकामा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये १० जनाको ज्यान गएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।

कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी सम्पर्कविहीन रहेका छन् । घटनामा घाइते भएका तीन जना उपचाररत रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।

मृतकको शव लिएर धनगढी विमानस्थल पुग्नुभएका नेपालका लागि इजरायली राजदूत खनान गुडेरले मृतक परिवारका आफन्तसँग भेट गरी घटनाबाट आफू दुःखित रहेको बताउनुभयो । धनगढी विमानस्थलको विशिष्ट कक्षमा राजदूत गुडेरले मृतकका परिवारजनसँग दुःख साट्नका लागि आफू धनगढी पुगेको भन्दै समवेदना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?