दार्चुला । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना पनि छ । यी प्रदेशमा बाली भित्र्याउने तयारी भएको भए मौसमी अवस्थाबारे जानकारी राख्न मौसमविद्को सुझाव छ ।
यस्तै, यात्रा गर्दा पनि सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । बाग्मती, कोशी, मधेस र लुम्बिनी प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्हरुको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया