आज दशैंको टीकाको दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

दार्चुला । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ ।
आफ्नो घर तथा नजिकका आफन्तसँग दशैंको दिन मान्यजनको हातबाट टीका लगाइन्छ भने टाढा रहेका मामाघर, ससुराली तथा अन्यको हातबाट पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ ।

कोजाग्रत पूर्णिमाका दिन जमरालाई विसर्जन गरेपछि दशैं सकिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?