दार्चुला । सुनसरीको कटानमा गए राति एक प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ४ कटानमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डलले गोली हानेर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीको भनाई छ ।
घटना बारे थप अनुसन्धान भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया