दशैं बिदा सकियो, आजदेखि कार्यालय खुल्ने

दार्चुला । दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि खुल्ने भएका छन् ।

६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ ।

आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर रहेकाहरु दशैं मनाउँन घर फर्कने गर्दछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?