दार्चुला । मुगुमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको छायानाथ रारा वडा नम्बर ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् ।
हत्याको आशंका गरिएका चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीमा रहेको बताइएको छ । कसले के उद्देश्यले हत्या गर्यो खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया