दार्चुला । भारतीय अनुसन्धानकर्ताले जन्मान्तर गराउन पुरुषका लागि गर्भनिरोध सुई बनाएका छन्। उनीहरूका अनुसार उक्त इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्ने बताइएको छ ।
आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो ।
अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ ।
समाचारअनुसार क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो । यी जोडीलाई भ्यासेक्टोमी वा स्केल्पल भ्यासेक्टोमीको आवश्यकता थियो । तर भ्यासेक्टोमी नगरी परीक्षणमा सहभागी पुरुषलाई ६० एमजी रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स इन्जेक्ट गरियो ।
सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी भेटियो । एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो । यो गर्भनिरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ । परीक्षणको नतिजा गएको महिना एन्ड्रोलोजी जर्नलमा प्रकाशित भइसकेको छ । एजेन्सी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया