राष्ट्रसंघका महासचिवसँग ओलीले भनेः शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीकै कारण असहज भयो

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भएको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको थियो । भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

साथै उहाँले शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगियोस् भन्ने आफूले चाहेको सुनाउनुभयो । एमाले अध्यक्ष ओलीले भने संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताउनुभयो । पीडितहरुलाई ध्यानमा राखेर छिट्टोभन्दा छिटो टुंग्याउनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ ।’ ‘खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने जस्ता कामले यसले पीडितहरु चिन्तामा छन्’ ओलीको भनाइ उधृत गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो ।

उहाँका अनुसार ओलीले गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको धारणा राख्नुभयो । यसमा प्रतिपक्षको हैसियतमा हाम्रो सहयोग रहने ओलीको भनाई थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?