दार्चुला । मोरङमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर ८ भलुवाईमा आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनी माटो खन्ने क्रममा सोही नगरपालिका १० की २८ वर्षीया सुनीता राजवंशीको मृत्यु भएको हो ।
अचानक माटोको ढिस्को माथिबाट खस्दा राजवंशी गम्भीर घाइते भएकी थिइन्। उनको नोबेल अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया