गोकुलेश्वर पुलबाट हाम फालेका पुरूष चमेलियामा बेपत्ता

दार्चुला । दार्चुलाको गोकुलेश्वर पुलबाट हाम फालेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरस्थित पुलबाट हाम फालेर पुरूष बेपत्ता भएको स्थानीय कालु चन्दले जानकारी दिनुभयो ।

पुलबाट हाम फालेर चमेलियामा बगेका पुरूषको पहिचान खुल्न बाँकी छ । अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी निरीक्षक मानसिंह ऐरीले जानकारी दिनुभयो ।

बेपत्ता पुरुषको हाम फालेको ठाउँमा झोला र कोट फेला परेको र खोजीकाम भइरहेको उहाँले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?