दार्चुला । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । मंगलबार निगमले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया