दार्चुला । गणतन्त्र दिवसको अवसरमा कैद मिनाह पाएका रामचन्द्र थापा पक्राउ परेका छन् । थापाले एक व्यक्तिसँग २५ लाख रुपैयाँ मागेको र नदिए ज्यान मार्ने धम्की दिएपछि उनी पक्राउ परेका हुन् ।
थापा यसअघि पनि डाका मुद्दामा जेल चलान भएका थिए । डाका मुद्दामा चार वर्ष छ महिना कैद सजाय भुक्तान गरी कैद मिनाहा पाएको थापा छ महिना नपुग्दै पुनः पक्राउ परेका छन् ।
उनलाई चितवन प्रहरीले भरतपुर महानगरपालिका –९ बाट पक्राउ गरेको छ । गणतन्त्र दिवसको अवसरमा असल चालचलन रहेको भन्दै उनको कैद मिनाह गरिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया