गायक चक्र बमसहित ९ जना जुवाखालबाट पक्राउ

दार्चुला । प्रहरी वृत्त सिंहदबारको टोलीले गायक चक्र बमसहित कलाकारको टोलीलाई जुवाखालबाट पक्राउ गरेको छ।

घटना कात्तिक ११ गतेको भए पनि प्रहरीले मंगलबार मात्र जानकारी दिएको हो। ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो।

काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित रमेशनाथ पाण्डेको घरको दोस्रो तलामा भोजपुरको पात्लेपानी–२ घर भइ हाल मैतीदेवी बस्दै आएका गजित विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिक्षएको हो।

उनीहरुको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा भोजपुरको पात्लेपानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय सुर्पमान स्याङतान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम रहेका छन्।

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शैकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ २८ वर्षीय टाइम मगररु बुढानिलकण्ठ–९ का ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन्।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?