दार्चुला । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिपस्टिक, काजल नदल्न र चाउचाउ नखान अनुरोध गरेको छ । सौन्दर्यका प्रसाधनहरू (लिपस्टिक,काजल), खानेकुरा (नुडल्स), रंगरोगन (पेन्ट्स) रंगीचंगी खेलौनाहरु तथा आयुर्वेदिक औषधि आदिमा सिसा (लेड) को मात्रा अत्याधिक पाउने सम्भाव्य स्रोतको रूपमा औँल्याउँदै स्वास्थ्य मन्त्रालयले उक्त अनुरोध गरेको हो ।

नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका बयष्क मानिसहरू, आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू, सरसफाईकर्मीहरु एवं रंगरोगनमा संलग्न पेन्टरहरुको रगतमा सिसा (लेड)को मात्रा अत्याधिक रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । त्यसको सम्भाव्य स्रोतमा सौन्दर्यका प्रसाधनहरू (लिपस्टिक,काजल), खानेकुरा (नुडल्स), रंगरोगन (पेन्ट्स) रंगीचंगी खेलौनाहरु तथा आयुर्वेदिक औषधि आदि रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सिसा (लेड)को विषयबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना समूह (International lead poising prevention week 2023) नेपालमा “बाल्यकालमा हुने सिसा (लेड)को विषाक्तता अन्त्य गरौं” भन्ने नारासहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । उक्त अवसरमा स्वास्थ्य मन्त्रालयले आयुर्वेदिक औषधिमा समेत लेडको मात्रा अत्याधिक पाइने भएकाले सेवन नगर्न चेतावनी दिएको हो ।स्वास्थ्य लाइभ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?