राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प गएका असईको लेक लागेर मृत्यु

दार्चुला । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु भएको छ। गुटेरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविरमा पुगेका टीकाराम ढुंगानाको मृत्यु भएको हो।

१४ कात्तिकमा गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा राति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरा ल्याइएको थियो।

पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। पर्वत निवासी ढुंगाना कास्कीको घान्द्रुकमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?