मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने सांसद बडूको धारणा

दार्चुला । नेपाली कांग्रेसका सांसद एबं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्रीहरु छाप्ने र शिक्षक तथा विद्यार्थीहरुमामार्फत प्रचार गराउने गरिएको भन्दै यसो गर्दा खर्चिलो हुने गरेको बताउनुभयो । उहाँले विद्यालयको पाठ्यक्रममै मतदाता शिक्षाबारे राखेमा प्रभावकारी हुने र खर्चलाई मितव्ययी बनाउन सकिने बताउनुभयो ।

त्यसैगरी निर्वाचन प्रणालीलाई मितव्ययी बनाउनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने कानुनी व्यवस्था गर्नुपर्ने वडूको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?