दार्चुला । सर्वोच्च अदालतले योगराज ढकाललाई माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई उल्ट्याइदिएको छ ।
कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।
न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने आदेश भएको’ बताउनुभयो ।
सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि आदेश दिएको छ ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएपछि उनी रिहा भएका थिए । राष्ट्रपतिको निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया