रेशम चौधरीको आममाफी विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ कार्तिक २३ गते हुने

दार्चुला । आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आगामी कात्तिकको २३ गते हुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध कैलाली नरसंहारमा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाइ कार्तिक २३ गतेका लागि तोकिएको छ ।

सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीविरुद्ध अधिवक्ता राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरूले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन् ।

सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उन्लाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?