भारतमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु

दार्चुला । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकले गए राति उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिँदा सबैको घटनास्थलमै मृत्यु भएको सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका र फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।

रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । अस्पताल र कोठा नजिक भएको कारणले तीन जना ठुलो र साना बालक सबै एकै ठाउँमा बसेको भन्ने बुझिएको छ ।

मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहीँ बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?