दार्चुला । नेकपा (एमाले) दार्चुलाले धमाधम पालिका कमिटी वैठक आयोजना गरिरहेको छ । कार्तिक १३ गते (सोमबार) बाट २४ गतेसम्म पालिका कमिटी बैठकको आयोजना गर्न समयतालिका तय गरेको एमालेले सोही अनुसार पालिका कमिटी वैठक आयोजना गरिरहेको एमाले दार्चुलाले जनाएको छ ।
एमालेले १३ गते व्याँस गाउँपालिकामा, १४ गते दुँहु गाउँपालिकामा, १५ गते महाकाली नगरपालिकामा, १६ गते मालिकार्जुन गाउँपालिकामा र १७ गते शुक्रबार (आज) शैल्यशिखर नगरपालिकामा पालिका कमिटी वैठक सम्पन्न भएको छ । शैल्यशिखर नगरपालिका कमिटी कार्यवाहक अध्यक्ष रमेश भट्टको अध्यक्षता र एमाले केन्द्रीय कमिटी सदस्य एबं दार्चुला ईन्चार्ज सहदेब बोगटीको प्रमुख आथित्यतामा आज शैल्यशिखरमा बैठक सम्पन्न भएको एमालेले जनाएको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एबं शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामी, उपसचिव खडक वडाल, जिल्ला कमिटी सचिवालय सदस्य कर्णबहादुर खडायत, लक्ष्मी जोशी, धनराम जोशी, कोमलराज बिष्ट, भरत खडायत, कालु चन्द, मदन धामी, लोकेन्द्र सिंह, जनक डागा लगायत जिल्ला कमिटी सदस्यहरू, युवा संघ जिल्ला उपाध्यक्ष महेश भण्डारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जिल्ला अध्यक्ष मुकेश पाल लगायतको सहभागीता रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जिल्ला सहसचिव हेमन्त मिश्रले जानकारी दिनुभयो ।
यस्तै २१ गते लेकम गाउँपालिकामा, २२ गते नौगाड गाउँपालिकामा, २३ गते मार्मा गाउँपालिकामा र २४ गते अपिहिमाल गाउँपालिकामा बैठकको आयोजना गर्ने तयारी रहेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । हरेक स्थानीय तहको वैठकमा सहभागिताका लागि सम्बन्धित पालिका कमिटी पदाधिकारी, सदस्य, वडा कमिटी अध्यक्षहरु, भुगोलका जिल्ला कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
एमाले दार्चुलाले संगठन सुद्दिकरण, सुदृढीकरण अभियानका साथै अगामी निर्वाचन मिसन २०८४ को पुर्वतयारी स्वरूप वैठक तथा जनता, कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना भइरहेको एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया