दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ थालिगडाकी अन्दाजी ३२ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो ।
बिहीबार घर नजिकै रहेको रातापड भन्ने भिरबाट खर काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेल्धुराको भत्काँडा भन्ने स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा अहिले खर काट्ने चटारो छ । खर काट्ने क्रममा भिरबाट लडेर बर्सेनि स्थानीयले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया