नेपाली सेनाको मेडिकल टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र प्रस्थान

दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ ।

नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि जानुभएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति गरेको छ । प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?