दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका कच्ची सडकहरू सफाई गर्ने काम सुरू गरेको छ । अवरुद्ध सडक सफाई गरि सुचारु गर्ने कार्यको प्रारम्भ भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले जानकारी दिनुभयो ।
नगरपालिकाले न्यूनतम मूल्यमा सडक सफा गर्न सात दिने सार्वजनिक सूचनामार्फत जेसिबि धनीसंग दररेट माग गरेको थियो । सोही अनुसार नगरपालिकाभित्रका अवरुद्ध सडक सफा गर्न प्रतिघन्टा १८५० का दरले जेसिबि धनी राजेन्द्र सिंह बिष्टसंग सम्झौता भएको बताइएको छ ।
सडक सफाईको क्रममा सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्न नगरवासीलाई नगरपालिकाले अनुरोध गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया