इजराइलमा मृत्यु भएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

दार्चुला । दक्षिणी इजराइलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ।

फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही वडा नम्बर ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली ३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो।

उहाँका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको गए राति र शाहको शव आज बिहान नेपाल ल्याइएको हो।

दक्षिणी इसराइलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो

। हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने सहसचिव आरणले बताउनुभयो।

हालसम्म बझाङ जयपृथ्वी -६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन -४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम -५ का दीपेशराज विष्ट, धनुषा सापही -६ का आनन्द शाह, कैलाली घोडाघोडी -४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन -१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली -३ का राजन फुलारा तथा कैलाली बौनियाँ -३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल -८ का पदम थापा र सल्यान सारदा – ३ का प्रवेश भण्डारी छन् ।

सोही आक्रमणमा परि कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् । जोशी हमासको बन्धकमा परेका इजरायल सरकारले पुष्टि गरिसकेको छ ।

केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?