रूकुम पश्चिममा ३८ मृतकमध्ये २४ जना बालबालिका

दार्चुला । भूकम्पका कारण रूकुम पश्चिममा ज्यान गुमाएका ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो।

रूकुम पश्चिममा ज्यान गुमाउनेहरूमा अधिकांश बालबालिकाहरू रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदान गरेको विवरणमा देखिन्छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार पहिचान भएका ३८ जनामध्ये २४ जना बालबालिकाहरू छन्। बाँकी मृतक युवा र वृद्ध अवस्थाका छन्।

तीन वटै सुरक्षा निकायहरू परिचालन गरी जाजरकोट र रूकुम पश्चिममा उद्धार तथा खोजीको काम जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?