भूकम्पबाट कम्तीमा १५७ को मृत्यु, ३७५ घाइते, सहयोग जुट्दै

दार्चुला । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । हजारौं घर लगायत भौतिक संरचनाहरूमा क्षति पुगेको छ । मृत्यु हुनेमा उपमेयर सरिता सिंह लगायत बालकदेखि बृद्धअबश्थाका मानिसहरू समेत छन् ।

सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना दिएको छैन ।

उद्दारको काम भइरहेको छ । अहिलेसम्म नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरू, राजनीतिक दल, मित्र राष्ट्र र विभिन्न संघसंगठनले राहत दिने घोषणा गरेका छन्। भुकम्प प्रभावित क्षेत्रमा तत्काल उद्दार र राहत आवश्यक रहेको स्थानीय सञ्चारकर्मीहरूले खबर पठाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?