दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गर्नुभएको छ ।
जाजरकोटमा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै यही कात्तिक २२ गतेदेखि सुरु हुने भ्रमण पौडेलले स्थगित गर्नुभएको हो ।
राष्ट्रपति पौडेल कात्तिक २२ देखि मंसीर १ गतेसम्म फ्रान्स, जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिने र त्यसपछि जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम रहेको थियो । तर भ्रमण राजकीय भ्रमण भने थिएन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया