दार्चुला । हरिद्वारमा फेरी एकजना नेपाली लुटिएका छन् । भारतमा मजदुरी गरेर घर फर्किरहेका कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन् ।
कारगिलमा ६ महिना मजदुरी गरेर कमाएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको उहाँले बताउनुभयो । कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उहाँको भनाई छ ।
हरिद्वारमा लुटिएपछि अलपत्र परेका रावतलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पु¥याएको हो ।
मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले अलपत्र परेका नेपालीलाई घरसम्म पठाउने काम गर्दै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया