भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार डलर सहयोग गर्ने

दार्चुला । जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसंगको औपचारिक भेटवार्ताका क्रममा चिनिया कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।

भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवि प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । उहाँले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसग साट्न आफुहरु तयार रहेको बताउनुभयो । अध्यक्ष नेपालले पनि सहयोगका धन्यवाद दिदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपाले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

चिनिया कम्युनिस्ट पार्टीको अन्तरास्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?