जाजरकोट भूकम्पमा घाइते भएका थप एकजनाको मृत्यु

दार्चुला । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।

उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिनुभयो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमको गरी १५४ जनाको मृत्यु भएको थियो ।

अस्पतालमा २५ जना उपचाररत रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?