दार्चुला । नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशको जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ।
गत कात्तिक १७ गते राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितहरूलाई नगद सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव देवबहादुर बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्प प्रभावितहरूलाई तत्काल उद्धार तथा राहत प्रदान गरि मानवीय पीडा कम गर्न यस प्रदेशले र यसअन्तर्गतका ९ वटै जिल्ला शाखाहरू उपशाखा र जुयू रेडक्रसमार्फत सहयोग रकम संकलन गरि नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशसँगको समन्वयमा जाजरकोट जिल्ला शाखालाई ९० हजार र पश्चिम रूकुमलाई ८२ हजार २२५ रूपैयाँ गरि जम्मा १ लाख ७२ हजार २२५ रूपैयाँ आर्थिक सहयोग गरिएको छ।
उक्त सहयोगमा यस प्रदेशका ९ वटै जिल्ला शाखाहरू र प्रदेश कार्यसमितिको संयुक्त रूपमा गरिएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया