शिकारीको गोली लागेर सशस्त्र प्रहरीको मृत्यु

दार्चुला । दाङमा शिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गणमा कार्यरत घोराही ७ हनर्‍याका जुगरू चौधरीको जनसेवा सामुदायिक वनमा शिकारीले चलाएको गोली लागेर मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताउनुभयो ।

प्रहरी अनुसार चौधरी कार्तिक २३ गते बिहान जंगलमा गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । उनको छाती ५ ठाउँ र पिठ्युमा एउटा गरी ६ वटा भरूवा बन्दुकको छर्रा लागेको छ ।

उनलाई गोली हानेको अभियोगमा घोराही ५ बराला बोटका ५५ वर्षिय शेरबहादुर केसीलाई गएराति १ बजे भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेका केसीले मालुको बोटमा गुना बसेको ठानेर आफूले गोली हानेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी जवान बिदामा घर आएका बेला मालुको पात टिप्न जंगल गएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?