एमाले दार्चुलाको जिल्ला कमिटी बैठक मङ्सिर २ गते बस्दै, अधिवेसन तयारी मुख्य एजेण्डा

दार्चुला । नेकपा (एमाले) दार्चुलाको जिल्ला कमिटी बैठक मङ्सिर २ गते बस्ने भएको छ । जिल्ला अधिवेसनको तयारी लगायत विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको जिल्ला कमिटी दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

कात्तिक १३ गतेबाट सञ्चालन गरेको पालिका कमिटी बैठक सबै स्थानीय तहमा सम्पन्न गरे लगत्तै एमाले दार्चुला जिल्ला अधिवेसनको तयारीमा जुटेको हो । दार्चुलाका नौँ वटै स्थानीय तहहरुमा केन्द्रीय कमिटी सदस्य एंबम दार्चुला इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष पे्रम सिंह धामी लगायत जिल्ला स्तरका नेताहरुको उपस्थितिमा पालिका कमिटी बैठकहरु सम्पन्न गरिएको उहाँले बताउनुभयो । यसअघि मङ्सिर १६ र १७ गतेका लागि तोकिएको जिल्ला अधिवेसनको विषयमा छलफल गर्न जिल्ला कमिटी बैठकको आयोजना गरिएको बताइएको छ ।

मङ्सिर २ गते बिहान ११ बजे दार्चुला विकास संगठनको हलमा बैठकको आयोजना गरिएकाले सबै जिल्ला कमिटीसहित, पालिका कमिटी अध्यक्षहरु, सल्लाहकार अध्यक्ष, जनवर्गिय र पेशागत संगठनका अध्यक्षहरुलाई आमन्त्रण गरिएको छ । दार्चुला इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त बैठकमा प्रदेश कमिटी सदस्यहरुलाई समेत आमन्त्रीत गरिएको एमाले दार्चुलाले जनाएको छ ।

उक्त बैठकले नबौं जिल्ला अधिबेसनको मिति, कार्यतालिका तथा प्रतिनिधि चयन लगायतका बिषयमा छलफल गर्ने जिल्ला कमिटी अध्यक्ष पे्रम सिंह धामीले जानकारी दिनुभयो । बैठकमा सबै पालिकाको रिपोटिङ समेत गर्नुपर्ने भएकोले प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ ।

एमाले दार्चुलाले देशमै पहिलो नंम्बरमा जिल्ला अधिबेसन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी गरिरहेको दार्चुला इन्चार्ज बोगटीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?