दार्चुला । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् ।
जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा चौंरीदेउराली ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईं गम्भीर घाइते भएका छन् ।
मृतक गोमा र मोटरसाइकल चालक दिल्ली श्रीमान श्रीमती हुन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया