भूकम्पमा घाइते भएका ४८ बिरामी निको भएर घर फर्किए

दार्चुला । भूकम्पमा घाइते भएर नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका जाजरकोटका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।

भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीको मात्र भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो ।

अस्पताल ल्याइएका ५८ जनामध्ये ४८ जना बिरामी उपचारपछि निको भएर घर फकिएका हुन् । तीन जनालाई काठमाडौं रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?